क्रिकेटर लामिछानेको मुद्दामा आज पनि सुनवाइ, सम्भवतः आजै फैसाला हुन सक्ने

क्रिकेटर लामिछानेको मुद्दामा आज पनि सुनवाइ, सम्भवतः आजै फैसाला हुन सक्ने

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा आज पनि सुनवाई हुने भएको छ ।

काठमाडौँ जिल्ला अदालतमा केही दिन देखी जारी सुनुवा बहस नटुङ्गिए पछि आजसम्मका ‘हेर्दाहेर्दै’ मा राखिएको थियो । जसअनुसार सम्भवतः आजै फैसला आउने गरी सुनवाई हुने बुझिएको छ ।

हिजोको सुनवाईमा वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, रमण श्रेष्ठलगायतले बहस गरे पनि श्रेष्ठको बहस सकिएको थिएन । शुक्रबार पनि श्रेष्ठले बहस गर्नेछन् ।

गत आइतबारदेखि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुनवाइ जारी रहेको छ । न्युजकारखाना

सम्बन्धित खवर