ईपिएस फाराम भर्न बिहानै देखि लाइन

ईपिएस फाराम भर्न बिहानै देखि लाइन

कोरिया भाषा परीक्षा ईपिएसको फाराम भर्नका लागि ईपिएस शाखा ग्वार्कोमा बिहानै देखि लाइन लागेका छन् । सीप बिल्डिङमा अनुत्तीर्णहरुले उत्पादन क्षेत्रमा पनि फाराम भर्न पाउने सूचना जारी भएपछि सीप बिल्डिङ परीक्षामा सहभागी भएकाहरु लाइन लागेका हुन् ।

सीप बिल्डिङ परीक्षामा सहभागी भएकाले पनि उत्पादन क्षेत्रको परीक्षामा सहभागी हुन पाउनु पर्ने भन्दै उच्च अदालत पाटनमा १८ जनाले निवेदन दिएका थिए । सोही मुद्धामा अदालतले फाराम भर्न दिनु भनि फैसला गरेको थियो ।

ईपिएस शाखा कोरियाले भने मुद्धा दायर गर्ने सुरज पाठक समेत १८ जना निवेदकहरुले फाराम भर्नका लागि ईपिएस शाखा ग्वार्कोमा स्वम् उपस्थित हुन भन्दै सुचना गरेको थियो । सुचनामा भनिए जस्तो नभएर यतिबेला सिप बिल्डिङमा अनुत्तीर्णहरु अधिकांश ग्वार्कोमा लाइनमा छन् ।

सम्बन्धित खवर