कंगो, कंगोमा बाढी पहिरोमा परी ४० जनाको मृत्यु भएको छ ।
कंगोको पूर्वी प्रजातान्त्रिक गणतन्त्रको दक्षिण किभु प्रान्तको राजधानी बुकाभुमा मङ्गलबार राति देखी परेको भारी वर्षामा परी ४० जनाको मृत्यु भएको हो ।
उक्त बाढी र पहिरोमा परी कम्तीमा ४० जनाको ज्यान गएको र सयौं घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्।
प्रान्तीय गभर्नरको कार्यालयका अनुसार बुकाभुमा कम्तिमा २० जना र वरपरको गाउँ बुर्हिनीमा २० जना मारिएका छन्।