विराटनगर, मोरङमा स्रोत नखुलेको १९ लाख ९० हजार रूपैयाँसहित सुनसरी देवानगन्ज गाउँपालिका–५ बस्ने ४९ वर्षीय सुरेन्द्रप्रसाद साह पक्राउ परेका छन् ।
विराटनगर महानगरपालिका–६ केशलिया मार्गमा को ७ प ५२२१ नम्बरको मोटरसाइकलमा सवार उनलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले बुधबार पक्राउ गरेको हो।
साहबाट बरामद गरिएको नगद र मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि राजश्व अनुसान्धान कार्यालय इटहरी सुनसरी पठाइएको छ ।