रंगेली अस्पतालमा टाउको र मुटु नभएको बच्चा जन्मियो

रंगेली अस्पतालमा टाउको र मुटु नभएको बच्चा जन्मियो

रबिन्द्र बराल, रंगेली

मोरङको रंगेली अस्पतालमा दुर्लभ बच्चाको जन्म भएको छ ।

रंगेली नगरपालिका ६ चोप्राह घर भएका आदित्य कुमार मण्डलको श्रीमती मनिषा देवी मण्डलले टाउको र मुटु नभएको बच्चा जन्माएकी हुन् । २० वर्षीया मण्डलको सल्यक्रियाबाट जुम्लिया बच्चा मध्ये छोरीको सकुशल जन्म भएको र अर्को बच्चाको टाउको र मुटु नभएको र मृत बच्चा जन्मिएको हो ।

डाक्टरका अनुसार उक्त बच्चामा अहिलेसम्म नेपालमा आफुलाई थाहा भए अनुसार तेस्रो हुन सक्ने र ३५ हजार गर्भवती मध्ये १ जनामा यस्तो हुने अस्पतालका डाक्टर (मेसु) बसन्त कुमार शाहले बताए । शाहका अनुसार ट्विन रिभर्स्ड आर्टेरियल पर्फ्युजन सिन्ड्रोम एक दुर्लभ रहेको जुन मोनोकोरियोनिक जुम्ल्याहा गर्भावस्थामा देखा पर्दछ, जसको परिणामस्वरूप सामान्य जुम्ल्याहा र एक कार्डियक जुम्ल्याहाको सह अस्तित्व हुने गर्दछ ।

सम्बन्धित खवर