अपाङ्ता भएका तथा विपन्न परिवारलाई खाद्यान्न र सिरक वितरण

अपाङ्ता भएका तथा विपन्न परिवारलाई खाद्यान्न र सिरक वितरण

पथरी, मोरङको पथरी शनिश्चरे नगरपालिका महिला तथा बालबालिका शाखाद्वारा नगरपालिकाका अपाङ्गता भएका तथा विपन्न परिवारलाई खाद्यान्न सामाग्री र फाइबर सिरक वितरण गरिएको छ ।

सोमबार र मंगलबार वडा नं. ७ का मन्जिल राई, वडा नं. ६ का सरोज चन्द्रवंशी, दिनेश मण्डल, अन्सारी कविरथ, फेबु केवरथ, वडा नं. ८ को सिरे माझी, हर्कबहादुर माझी, वडा नं. ४ की कौशिला राई र ९ की ललिता भण्डारीलाई खाद्यान्न र न्यायो सिरक वितरण गरिएको हो ।

नगरपालिकाको उप–प्रमुख देविमाया काफ्ले, नगरको महिला तथा बालबालिका शाखा प्रमुख गिता कट्टेल, सृजना भट्टराईले खाद्यान्न वितरण गर्नुभएको हो ।

सम्बन्धित खवर