सामुहिक लोक नृत्य नगर च्याम्पियनको उपाधि किरात राई यायोक्खालाई

सामुहिक लोक नृत्य नगर च्याम्पियनको उपाधि किरात राई यायोक्खालाई

पथरी, ‘नेपाली लोक संस्कृतिको संरक्षण, युवा तथा नयाँ पुस्तामा जागरण’ भन्ने मूल नाराको साथ सामुहिक लोक नृत्य नगर च्याम्पियन २०८० सम्पन्न भएको छ ।

मोरङको पथरीशनिश्चरे २ को आयोजनामा बुद्ध चौकमा सो कार्यक्रम भएको हो । नगरभरिका संघ, संस्था तथा विद्यालयहरु गरी जम्मा १० वटा समूहले प्रतियोगितामा सहभागिता जनाएका थिए । जसअन्तर्गत किरात राई यायोक्खा पथरीशनिश्चरे प्रथम, सुजना डान्स सेन्टर वडा नं. १० दोस्रो र रेडस्टार बोर्डिङ स्कुल वडा नं. २ तेस्रो स्थान ओगट्न सफल भयो ।

वडा अध्यक्ष नैना राईको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख मोहन प्रसाद तुम्वापो रहनुभएको थियो । यसैगरी वडा नं. १० का वडाध्यक्ष जीवन खतिवडा, वडा नं. ४ का वडाध्यक्ष लोककिरण न्यौपाने, कार्यपालिका सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत नृत्य सिड्लिङ मन्टेश्वरीका विद्यार्थीहरुले पस्केका थिए भने वडा सदस्य चन्द्र राईले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा गायक नन्दु गुरुङ लगायतका स्थानीय कलाकारहरुले आ–आफ्नो प्रस्तुति राखेका थिए ।

सम्बन्धित खवर