पञ्चायत माविमा फुड फेस्टिबल

पञ्चायत माविमा फुड फेस्टिबल

पथरी, मोरङको पथरीशनिश्चरे १ मा रहेको पञ्चायत माविले फुड फेस्टिबलको आयोजना गरेको छ ।

कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूले आज फुड फेस्टिबलको आयोजना गरेका हुन् । फुड फेस्टिबलसंगै विज्ञान र फाइन आर्टस संकायका विद्यार्थीले मिनि प्रदर्शनी समेत गरेका छन् । फुड फेस्टिबलमा विभिन्न १३ वटा स्टल रहेको शिक्षक षडानन्द अधिकारी (सरोज) ले बताउनुभयो । विद्यार्थीले बनाएका विभिन्न परिकारहरूमा विहानै देखि भिड रहेको अधिकारीले बताउनुभयो । विद्यार्थीको आफ्नै लगानी रहेको फुड फेस्टिबलबाट लगानीको दोब्बरसम्म आम्दानी गरेकाले काम गर्दा स्वदेशमा नै राम्रो कमाइ गर्न सकिने सन्देश विद्यार्थी माझ पुगेको अधिकारीले बताउनुभयो ।

विद्यालयको वार्षिक शैक्षिक कार्यक्रम अनुसार हरेक महिनाको अन्तिम शुक्रबारलाई बुक फ्रि डे (किताब रहित दिन) का रुपमा मनाउदै आएको विद्यालयका प्रधानाध्यापक अर्जुन कुमार बुढाथोकीले बताउनुभयो । सोही कार्यक्रम अनुसार हरेक महिना विभिन्न अतिरिक्त क्रियाकलाप गदै आएकामा मंसिर महिनालाई फुड फेस्टिबलका रुपमा मनाएको बुढाथोकीले बताउनुभयो । सांदेको गुन्द्रुकको अचार, भुटेको मकै, पोलेको मकै, आलु परौठा, भक्का र टमाटरको अचार देखि मासु फुलाउसम्मका खानाका परिकार फेस्टिबलमा समावेश थियो ।

फेस्टिबलमा विभिन्न परिकार सहित चित्रकला पनि प्रदर्शनीमा राखिएको थियो । सो प्रदर्शनीमा राखिएको सात घोडाको चित्रले अधिकांशको मन तान्यो । सो चित्रको मुल्य २५ हजार राखिएको थियो । यसरी हेर्दा चित्रकलामा पनि भविष्य रहेछ भन्ने सन्देश दिएको छ । सो चित्र, फाइन आर्ट्स संकाय कक्षा १२ मा अध्ययनरत छात्र रुपक राईले तयार गरेका हुन् ।

सम्बन्धित खवर