जाडो याम सुरुभएसँगै भक्काको व्यपार सुरु

जाडो याम सुरुभएसँगै भक्काको व्यपार सुरु

रबिन्द्र बराल, रंगेली

तराइमा जाडो सुरु भएको छ । बिहानै हुस्सुले डाक्न थालेको छ । यही मौषको उपयुक्त विहानी खाजा भक्काको व्यपार पनि सुरुभएको छ ।

जाडो मौषममा तराई भेगमा बसोवास गर्ने अति बिपन्न घर परिवारका महिलाहरु भक्काको व्यवसायबाट मनग्ये आम्दानी गरिरहेका छन् । मंसिर महिना देखि सुरु हुने भक्का व्यपार माघ महिनासम्म बिहानै ५ बजे देखि रंगेली बजारको बसपार्क ,मुख्य बजार, अस्पताल चोक, तेत्रि टोल र पिपल चोक, शुक्रबारे , ईलाका प्रशान चोक लगायतका स्थानहरुमा हुने गरेको छ । उनिहरुले चामललाई दिन भरी भिजाएर साँझको समयमा ओखली वा ढिक्किमा कुटेर पिठो तयारी बनाउने गर्देछन । उक्त पिठो र आवश्यक सामान बोकेर बिहानै महिलाहरु चोक चोक भक्का बनाउन तयार हुन्छन् ।

चामलको पिठो र पानीको बाफबाट बनाउने भक्का एकदमै केमिकल रहित हुने गर्दछ । भक्कासँग टमाटरको अचार र आलुचम स्वादिलो हुन्छ । भक्का प्रेमीहरुले जाडो मौषममा प्रत्येक बिहान खाजाको रुपमा खाने गर्छन् । अहिले बजारमा १० रुपैँया प्रतिगोटा भक्का पाइन्छ । व्यावसायीहरुले बिहान १० बजेसम्म करिब १० केजि पिठोको भक्का बेचिसक्ने रंगेली निवासी हिरा देवि मंण्डल बताउछिन् ।

सम्बन्धित खवर