नगर अस्पतालमा आईपुग्यो आधुनिक भिडियो एक्स–रे मेसिन

नगर अस्पतालमा आईपुग्यो आधुनिक भिडियो एक्स–रे मेसिन

लेटाङ, लेटाङ नगर अस्पतालमा आधुनिक भिडियो एक्स-रे मेसिन ल्याईएको छ । कोशी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तगर्त स्वास्थ्य कार्यालय मोरङद्वारा मेसिन सहयोग प्राप्त भएपछि बुधवार अस्पताल ल्याईएको वडा अध्यक्ष समेत रहनुभएका अस्पतालका अध्यक्ष डम्बर बहादुर राईले जानकारी दिनुभयो ।

६ लाख ८९ हजार रुपैयाको लागतमा ल्याईएको उक्त भिडियो एक्स–रे मेसिन अस्पताल ल्याईएपछि अव भिडियो एक्स–रेका लागि बाहिर जानुपर्ने झन्झटबाट स्थानीय मुक्त भएका छन् । अस्पतालले हाल हप्तामा ३ दिन आईतवार, बुधवार र शुक्रवार विहान ९ बजेदेखि भिडियो एक्स–रे सेवा प्रदान गर्दै आएको छ । डा. रितेश कोईरालाले भिडियो एक्स–रे हप्तामा ३ दिन गर्नुहुने नगर अस्पतालकी ल्याव टेक्नोलोजिस्ट सविना राईले जानकारी दिनुभयो ।

सम्बन्धित खवर