कान्छाराम कन्ट्रक्सनले समयमा कान नगरेपछि गान्धी–मनमोहन मार्ग अबरुद्ध

कान्छाराम कन्ट्रक्सनले समयमा कान नगरेपछि गान्धी–मनमोहन मार्ग अबरुद्ध

विनोद उप्रेती‚ पथरी

समयमा सडक निर्माण सम्पन्न नभएको भन्दै मोरङको पथरीशनिश्चरेका स्थानीयले सडक अबरुद्ध गरेका छन् । पथरीशनिश्चरे १०, ९, ८ र ६ नं. वडा हुदै रंगेली जोड्ने सडक निर्माणको जिम्मा पाएको कान्छाराम कन्ट्रक्सनले समयमा सडक निर्माण नगरेपछि स्थानीय सडकमा उत्रेका हुन् ।

समयका सडक निर्माण नहुँदा हिउदमा धुलो र वर्षाको समयमा हिलाम्मे हुनेगरेको छ । सो सडक अहिले आवत जावत गर्नै नसक्ने अवस्था भएपछि वडाध्यक्षहरुले समेत समयमा काम सक्न भन्दै निर्माण कम्पनीलाई ध्यानाकार्षण गराएका थिए । निर्माणको जिम्मा पाएको कम्पनीले काम गर्न छाडेर सम्पर्क बिहिन भएपछि आज स्थानीयले ३ स्थानमा ढाट लगाएर सडक अवरुद्ध गरेको स्थानीय सुमन वनेम लिम्बूले बताए ।

सम्बन्धित खवर