नोबेल र काठमाडौं मेडिकल कलेज सामाजिक सुरक्षा कोषमा उत्कृष्ट

नोबेल र काठमाडौं मेडिकल कलेज सामाजिक सुरक्षा कोषमा उत्कृष्ट

मोरङको विराटनगरमा रहेको नोबेल मेडिकल र काठमाडौंमा रहेको केएमसी अर्थात काठमाडौं मेडिकल कलेज सामाजिक सुरक्षा कोषमा उत्कृष्ट बनेका छन् ।

छैटौँ सामाजिक सुरक्षा दिवस २०८० को अवसरमा स्वास्थ्य क्षेत्रबाट सामाजिक सुरक्षा कोषमा सूचीकृत रोजगार दाताहरुमध्ये आर्थिक वर्ष २०७९/८० मा योगदानकर्ताहरुको संख्याका आधारमा उत्कृष्ट रहन सफल भएको भन्दै नोबेल मेडिकल कलेजलाई प्रशंसापत्र प्रदान गरिएको हो ।

त्यस्तै बागमती प्रदेश अन्तर्गत कोषमा सूचीकृत योगदानकर्तालाई स्वास्थ्य सेवा प्रवाह गरेको संख्याको आधारमा उत्कृष्ट दुईभित्र रहन सफल भएको भन्दै केएमसीलाई प्रशंसापत्र प्रदान गरिएको हो ।

काठमाडौंमा विशेष कार्यक्रम गरेर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दुई मेडिकल कलेजलाई सम्मान गरेको हो ।
दुवै मेडिकल कलेज नेपाली कांग्रेसका नेता एवं सांसद डा. सुनील शर्माका हुन् ।

हालसम्म कति छन् सामाजिक सुरक्षा कोषमा ?

सामाजिक सुरक्षा कोषमा हालसम्म ९ लाख २८ हजार ४५३ व्यक्ति र १८ हजार ४३९ संस्थाहरु आवद्ध भएका छन् ।
सरकारले प्रत्येक वर्षको मंसिर ११ गतेलाई सामाजिक सुरक्षा दिवसको रुपमा मनाउने गरेको छ ।

कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, वृद्ध अवस्था सुरक्षा योजना, अतिरिक्त योगदान र प्रतिफल गरी ६ सुरक्षा योजनामा मानिसहरू जोडिएको बताएको छ ।

सम्बन्धित खवर