उर्लाबारी आगलागी घटनाका घाइते यादवको निधन, मृतकको संख्या ५ पुग्यो

उर्लाबारी आगलागी घटनाका घाइते यादवको निधन, मृतकको संख्या ५ पुग्यो

उर्लाबारी, मोरङको उर्लाबारी ७ मा भएको आगलागी घटनामा परी घाइते भएका नरेश यादवको निधन भएको छ । यादवको निधनसंगै यस घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

काठमाडौं स्थित किर्तीपुर वर्न अस्पतालमा उपचाररत उर्लाबारी ७ का ४३ वर्षीय यादवको उपचारका क्रममा गएराति ११ बजे निधन भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । अस्पतालको आइसियु कक्षमा उपचार गरिरहेका यादवको अनुहार, घाटी, ढाड, दुवै हात र खुट्टामा गरी १४ प्रतिशत जलन रहेको थियो ।

गत कात्तिक २६ गते लक्ष्मी पूजाको राति मोरङको उर्लाबारी ७ ईटहरा रोडमा स्थानीय दिपक कार्कीको सुन पसलमा आगलागी भएको थियो । अचानक पसलमा आगो लागेपछि निभाउन गएका ४ प्रहरी सहित २८ जना घाइते भएका थिए । घाईते मध्ये हाल सो अस्पतालमा २० जना घाईतेहरु उचाररत रहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देबेन्द्र दासले बताए ।

जसमध्ये आईसियू कक्षमा ३ जना उपचाररत रहेको बताईएको छ । यस अघि उपचाररत तपन पण्डित, कुमार दहाल, कुमार तामाङ र घरधनि रुकुम बहादुर कार्की गरि ४ जनाको मृत्यु भइसकेको छ ।

सम्बन्धित खवर