आफ्नै सहकर्मी कर्मचारीबाट लाखौँ ठगे यी कर्मचारीले

आफ्नै सहकर्मी कर्मचारीबाट लाखौँ ठगे यी कर्मचारीले

एकजना कर्मचारीले आफ्नै सहकर्मी देखि स्थानीय तहका सयौं कर्मचारीहरुलाई ठगेको गुनासो अहिले व्यापक रुपमा फैलिरहेको छ ।

कालिकोटको रास्कोट नगरपालिका ५ स्युनाका अर्जुन शाहीले सयौँ कर्मचारीलाई ठगेर सम्पर्क बिहिन भएका हुन् । शाही यतिबेला जागिरको सिलसिलामा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा प्राविधिक फाँटमा कार्यरत छन् ।

नेपाल निजामती कर्मचारी संगठन जिल्ला कोषाध्यक्ष समेत रहेका शाही दशैंको मुखमा स्थानीय तहका कर्मचारीहरु सडक संघर्षमा हुँदा उनी पनि आन्दोलनमा मिसिन आइपुगेका थिए । आन्दोलनका क्रममा भेटिएका विभिन्न जिल्ला र स्थानीय तहका कर्मचारीहरुसँग उनले चिनजान र सम्पर्क बढाए । सोही सम्पर्कका आधारमा उनले पैसा माग्दै म्यासेज पठाए । म्यासेज थियो श्रीमती विरामी भएर अस्पतालमा भर्ना भएको, एपेन्डिक्सको आजै अप्रेशन गर्नुपर्ने ।

आन्दोलनकै क्रममा भेटिएका साथीको पीडा पछि धेरै जसो साथीहरुले उनले मागे अनुसार ८ हजार, १० हजार त कसैले १५ हजारसम्म सहयोग गरे । यसरी उनले कम्तिमा पनि एक सय भन्दा बढी कर्मचारीबाट रकम उठाएको विवरण अहिले छरपष्ट भएको छ ।

साथिहरुले सहयोग गरेको रकम फिर्ता माग्न थालेपछि शाही नम्बर ब्लक गरेर समपर्क बिहिन हुदै आएका छन् । शाहीलाई नजिकबाट चिन्नेहरुका अनुसार शाहीले कहिले कलेजको फि तिर्न त कहिले श्रीमती बिरामी भएको बहानामा रकम ठग्दै आएका छन् ।

यस अघि नेल्टा नामक पशु चिकित्सकहरुको संस्थामा आवद्ध रहँदा १३२ कर्मचारीहरुसँग २ हजारदेखि ४० हजार रकमसम्म त्यसैगरी उठाएका थिए । त्यहाँको बदमासी चाल पाएपछि उनले अहिले स्थानीय तहका कर्मचारी आन्दोलनमा जोडिएर कर्मचारीहरु ठगेका हुन ।

यस अघि नेल्टामा आवद्ध १३२ बढी प्राविधिकहरुलाई यसैगरी ठगेर फरार भएका उनी यस पटक स्थानीय तहका कर्मचारीलाई ठग्ने प्लानले नै कर्मचारी आन्दोलनमा मिस्सिएको खुलेको छ ।
शाही अहिले पालिकाको सम्पर्कमा छैनन् । दशैं बिदामा कालिकोट गएका उनी कार्यालयमा हाजिर भइ नसकेको पालिकाले जनाएको छ ।
ईकर्मचारीबाट

सम्बन्धित खवर