उर्लाबारी आगलागी घटनाका घाइते तामाङको पनि निधन, मृतकको संख्या ३ पुग्यो

उर्लाबारी आगलागी घटनाका घाइते तामाङको पनि निधन, मृतकको संख्या ३ पुग्यो

उर्लाबारी, मोरङको उर्लाबारीमा भएको आगलागी घटनामा घाईते भएका कुमार तामाङको निधन भएको छ ।

काठमाडौंको किर्तिपुर वर्न अस्पतालमा उपचाररत उर्लाबारी–७ का ४२ वर्षीय तामाङको उपचारको क्रममा निधन भएको ईलाका प्रहरी कार्यालय उर्लााबरीले जनाएको छ ।

अस्पतालको आईसियू कक्षमा उपचाररत तामाङको अहिले बिहान ६ः२५ बजे निधन भएको घाईतेहरुको उपचारमा सहयोग गरिरहेका राजन रायमाझिले बताए । तामाङको शरिरको बिभिन्न भगमा गरि ६५ प्रतिशत जलन रहेको थियो ।

गत कात्तिक २६ गते लक्ष्मी पूजाको राति मोरङको उर्लाबारी –७ ईटहरा रोडमा स्थानिय दिपक कार्कीको सुन पसलमा अचानक आगलागी हुँदा आगो निभाउन गएका ४ प्रहरी सहित २८ जना घाइते भएका थिए ।

हाल सो अस्पतालमा २२ जना घाईतेहरु उचाररत रहेको प्रहरीले जनाएको छ । जसमध्ये आईसियू कक्षमा ६ जना उपचाररत रहेको बताईएको छ । यस अघि उपचाररत तपन पण्डित र हेम कुमार दहालको मृत्यु भएको थियो ।

सम्बन्धित खवर