उर्लाबारी आगलागी घटनाका घाइते दाहालको निधन, मृतकको संख्या २ पुग्यो

उर्लाबारी आगलागी घटनाका घाइते दाहालको निधन, मृतकको संख्या २ पुग्यो

उर्लाबारी, मोरङको उर्लाबारीमा भएको आगलागी घटनामा परि घाईते भएका हेम कुमार दाहाल (दिपक) को निधन भएको छ ।

काठमाडौंको किर्तिपुर वर्न अस्पतालमा उपचाररत उर्लाबारी ७ का ४९ वर्षीय दाहालको उपचारका क्रममा गएराती ११ बजे निधन भएको हो । अस्पतालको आईसियू कक्षमा उपचाररत दाहालको निधन भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ। दाहालको अनुहार घाँटि, छाति, दुबै हात, दुबै खुट्टामा गरि शरिरमा ५६ प्रतिशत जलन रहेको थियो ।

गत कात्तिक २६ गते लक्ष्मी पूजाको राति मोरङको उर्लाबारी –७ ईटहरा रोडमा स्थानिय दिपक कार्कीको सुन पसलमा अचानकआगलागि हुँदा आगो निभाउन गएका ४ प्रहरी सहित २८ जना घाइते भएका थिए ।

हाल सो अस्पतालमा २३ जना घाईतेहरु उचाररत रहेको प्रहरीले जनाएको छ । जसमध्ये आईसियू कक्षमा ७ जना उपचाररत रहेकोबताईएको छ । यस अघि उपचाररत तपन पण्डितको मृत्यु भएको थियो ।

सम्बन्धित खवर