पथरी, स्नताक तह बीबीएस चौथो वर्षमा सबैभन्दा बढि अंक ल्याई उत्तीर्ण हुन सफल छात्रा बिना घिमिरेलाई पथरी बहुमुखी क्याम्पसले सम्मान गरेको छ ।
पथरी बहुमुखी क्याम्पसमा अध्ययनरत पथरी शनिश्चरे ३ कि घिमिरेलाई आज एक औपचारिक कार्यक्रमको आयोजना गरी क्याम्पसको सभाहलमा सम्मान गरिएको हो ।
क्याम्पस प्रमुख शान्तिराम तिम्सिनाको अध्यक्षतामा भएको सो कार्यक्रममा प्राध्यापक संघ र स्ववियुले पनि सम्मान गरेको थियो । क्याम्पसको तर्फबाट नगद २० हजार, प्राध्यापक संघले नगद ३० हजार र सम्मान पत्रले सम्मान गरिएको थियो ।
सम्मान कार्यक्रममा पथरी क्याम्पस संचालक समिति सदस्य उमानाथ अधिकारी, पथरी क्याम्पस प्राध्यापक संघका अध्यक्ष उपेन्द्र बस्नेत, स्ववियु सभापति केशर राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।