रंगेली अस्पतालमा सुधार, अन्य जिल्लाबाट पनि बिरामी आउदै

रंगेली अस्पतालमा सुधार, अन्य जिल्लाबाट पनि बिरामी आउदै

रबिन्द्र बराल, रंगेली

मोरङको रंगेली अस्पतालमा सेवा सुबिधामा सुधार आएसंगै छिकेमी जिल्लाहरुबाट पनि सेवा लिने संख्या थपिदै गएको छ ।

पछिल्लो समय ईलामको सुर्योदय नगरपालिका ११ को एक दम्पतीले रंगेली अस्पतालमा आएर प्रसुति गराएका छन् । सुर्योदय नगरपालिका अस्पताल व्यवस्थापक अधिकृत क्षीतिज खतिवडाले श्रीमती पुजा गौतमलाई मंसिर ४ गते रंगेली अस्पतालमा प्रसुतिका लागि ल्याएर भर्ना गराएका थिए ।

सोहि दिन अस्पतालका मेसु डाक्टर अरुण भट्टराईको टोलीले पुजाको पहिलो सन्तानको रुपमा सल्यक्रियाबाट छोरीको जन्म भएको छ । प्रादेशिक अस्पताल भएता पनि नगरपालिकाले आफै सुबिधा सम्पन्न अस्पताल सन्चालन गरेर यहाँका स्थानीय बासिन्दाहरुलाई यहिबाट सेवा सन्चालन गरेकोमा धन्यवाद समेत दिएका छन् ।

अन्य अस्पतालमा चाडवाडको समयमा आकस्मिक सेवा मात्रै हुने भएतापनि रंगेली अस्पतालले बिदाको समयमा समेत प्रसुति सेवा प्रदान गरेको भन्दै आफू खुशी भएको क्षितिजले बताए ।

अहिले अस्पताल नगरपालिकाले सञ्चालन तथा व्यवस्थापन गरिरहेको छ । पछिल्लो २ वर्षदेखि डाक्टर अरुणले नेतृत्व गरिरहेको रंगेली अस्पतालमा दैनिक ३ देखि ४ सय सम्म बिरामीले सेवा लिदै आएका छन् । महिनामा सरदर ६० वटा प्रसुती गराउँदै आएको रंगेली अस्पतालले अहिले मासिक ३ सयसम्म प्रसुति गराउदै आएको मेसु भट्टराईले जानकारी दिए । रंगेली अस्पतालमा बालरोग, फिजिसियन, ईसिजी, दन्त सेवा लगायतका सेवा दिइदै आएको मेसु भट्टराईले बताए ।

सम्बन्धित खवर