काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अत्यावश्यक काम बाहेक सवारी साधन लिएर ननिस्किन अनुरोध गरेको छ । भोली मंसिर ७ गते उपत्यकामा ट्राफिक व्यवस्थापन गर्न कठिन हुने भन्दै यस्तो आग्रह गरिएको हो ।
काठमाडौं उपत्यका भित्रका विभिन्न स्थानहरूमा मंसिर ७ गते प्रदर्शनजस्ता कार्यक्रम हुन लागेको भन्दै ट्राफिक प्रहरी कार्यालयले अत्यावश्यक काम भए मात्र सवारी साधन प्रयोग गर्न भनेको हो।
नेकपा एमाले निकट युवा संघ र नागरिक बचाउ अभियान पक्षले बिहीबार काठमाडौंमा प्रदर्शन गर्न लागेका छन्। प्रदर्शनका कारण काठमाडौंको ट्राफिक व्यवस्थापनमा असर पर्ने भन्दै कार्यालयले सूचना जारी गरेको हो।
सुरक्षा र ट्राफिक व्यवस्थापनको लागि जुनसुकै ठाउँबाट पनि सवारी साधन डाइभर्ट गर्न सक्ने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।