दोहोरो अंकले घट्यो शेयर बजार

दोहोरो अंकले घट्यो शेयर बजार

आज शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज २३ दशमलव ८२ अंकले गिरावट आएको शेयर बजार १८२९ दशमलव ६५ विन्दुमा पुगेको छ ।

मंगलबार २८५ कम्पनीका ३६ लाख ७५ हजार १०१ कित्ता शेयर खरिद बिक्री हुँदा ९५ करोड ४ लाख ७९ हजार ५८३ रुपैयाँ बराबरको कारोबार भएको छ । हिजो १ अर्ब पुगेको कारोबार आज घटेको हो ।

आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि घटेको छ । आज ४ दशमलव ४८ अंकले घटेको सेन्सेटिभ इन्डेक्स ३५२ दशमलव ०५ विन्दुमा पगेको छ ।

सम्बन्धित खवर