स्नातक तहमा नेपाल टप गर्ने घिमिरेलाई वडाले गर्यो सम्मान

स्नातक तहमा नेपाल टप गर्ने घिमिरेलाई वडाले गर्यो सम्मान

पथरी, स्नातक तह चौथौ वर्षको परीक्षाफलमा नेपाल प्रथम हुने बिना घिमिरेलाई वडा कार्यालयले सम्मान गरेको छ ।

मोरङको पथरीशनिश्चरेमा अवस्थित पथरी बुहुमुखी कलेजबाट घिमिरेले स्नातक तहमा व्यवस्थापन संकायबाट ८५.८ प्रतिशत ल्याएर नेपाल प्रथम भएकी थिइन् । घिमिरेले उत्कृष्ट अंक ल्याएर वडाको समेत गौरब बढाएको भन्दै पथरीशनिश्चरे वडा नं. ३ ले सम्मान पत्र र खदाले सम्मान गरेको हो ।

वडाको र नगरको नाम राख्न सफल भएको भन्दै वडा अध्यक्ष बिजय लिम्बुले सम्मान कार्यक्रममा घिमिरेलाई बधाई दिनुभयो । पथरीशनिश्चरे–३ निवासी घिमिरे आफ्ना आमा, बुबा सहित कार्यक्रममा उपस्थित भएकी थिइन् ।

सम्बन्धित खवर