इलाममा बस दूर्घटना हुँदा एक जनाको मृत्यु, १७ जना गम्भीर

इलाममा बस दूर्घटना हुँदा एक जनाको मृत्यु, १७ जना गम्भीर

इलाम, धनुषाबाट पर्यटक बोकेर आएको बस इलाममा दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ भने १७ जन घाइते भएका छन् ।

ना ६ ख ८४२४ नम्बरको पर्यटन बोक्ने बस रोङ्ग गाउँपालिका अन्तर्गत अर्याल चोकमा भीरबाट करिब ३०० मिटर तल खसेको प्रतक्षदर्शीले जानकारी दिएका छन् ।

करिव ४० जना यात्रु सवार मध्ये १७ जना गम्भीर घाईते भएका छन् भने करिब १० बर्षका एक बालकको मृत्यु भएको छ । ५ जनालाई अझै गाडिले नै च्यापिएको अनुमान गरिएको छ । घाइतेहरुलाई उपचारका लागि बिर्तामोड स्थित वि एण्ड सी हस्पिटल पठाइएको छ ।

सम्बन्धित खवर