नगरमा पल्स विश्लेषण तालिम सुरु

नगरमा पल्स विश्लेषण तालिम सुरु
पथरी, नगरको नियमन क्षत्राधिकार भित्रका सहकारी संस्थाका पदाधिकारी र कर्मचारीहरूको लागि पल्स विश्लेषण तालिम सुरु भएको छ ।
माेरङकाे पथरी शनिश्चरे नगरपालिका सहकारी शाखाद्वारा नगरपालिकाको सभाहलमा आयोजित तीन दिने तालिम कात्तिक २२ देखि २३ गतेसम्म सञ्चालन हुने भएको हो।
नगरपालिकाकी नगर उप–प्रमुख देविमाया काफ्लेको अध्यक्षतामा सुरू भएको तालिममा उप–प्रमुख काफ्ले र नगरका आर्थिक विकास समिति संयोजक समेत रहेका वडा नं. ७ का अध्यक्ष उद्धवराज बस्नेतले सहकारी संस्थाहरुको निर्देशनात्मक भनाइहरु राख्नुभएको थियो ।
जिल्ला वचत तथा ऋण सहकारी संघ लि. मोरङको सचिव जीवन बस्नेतले सो तालिमको सहजीकरण गरिरहनुभएको छ ।

सम्बन्धित खवर