अर्जुन काफ्ले, पथरी
आइतबारे अस्त्र अपराजित रहदै पथरीशनिश्चरे प्रीमियर लिगको प्ले अफमा पुग्ने पहिलो टिम बन्दा बिरेन्द्रनगर स्टिल टाइगरले समेत प्लेअफमा पुग्ने सम्भाबनालाई जिवित राखेको छ । साबिक बिजेता सात बाघ भने लिग चरणबाटै बाहिरिएको छ ।
आइतबारेले गोर्खा लिजेण्ड माथी ७ बिकेटले जित निकाल्दा बिरेन्द्र नगरले सातबाघलाई ११६ रनले पराजित गरेको छ । पहिलो खेलमा टस हारेर ब्याटिङमा उत्रीएको गोर्खाले २० ओभरमा ४ विकेट गुमाएर १६८ रन बनायो । जसमा सोलोमन राईले ३७, योगेश श्रेष्ठले ३५, समित राईले ३१ र राज पालुङ्गाले २७ रन बनाए । आइतबारेका मोहम्मद निशारले २ र दिपेश भण्डारी र अभिषेक बिकले एक एक विकेट लिए । १६९ रनको लक्ष्य लिएर मैदान उत्रीएको आइतबारेले १७ ओभर ३ बलमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । आदर्श कार्की र नित्य खडोलियाको सतकिय साझेदारीमा आइतबारेले सुरुवाती राम्रो गर्यो । आदर्श कार्कीले ४१, नित्य खडोलियाले ९ छक्का ३ चौका सहित ७१ रन बनाउदा मोहम्मद निशारले ३६ रन बनाए । गोर्खाका रमेश राउतले २ र ज्ञानेन्द्र श्रेष्ठले १ विकेट लिए । खेलको म्यान अफ दि म्याच आइतबारेका मोहम्मद निशार घोषित भए ।
दोश्रो खेलमा टस जितेर ब्याटिङ गरेको बिरेन्द्रनगरले २० ओभरमा ६ विकेटको क्षतीमा १७१ रनको विशाल योगफल तय गर्यो । जसमा सागर कटुवाल ७ छक्का र ४ चौकाको मद्धतले ७५ रन प्रहार गरे । आकाश खत्री ३१ र रेवत थक्सु २२ रन बनाए । सातबाघका सिद्धार्थ धिमालले २ तथा आस्विन महत आयुस अघिकारी र फिर्दोस अन्सारीले समान १/१ विकेट लिए । १७२ रनको लक्ष्य पुर्याउन मैदान छिरेको सातबाघ ५५ रन मै अल आउट भयो ।
सातबाघलाई सस्तैमा समेट्न रेवत थक्सु र सुदिप चौधरीले समान ३/३ विकेट लिए । सुरज न्यौपानेले २ विकेट लिदा नेल्सन दंगालका नाममा १ विकेट रह्यो । आयुस अधिकारीले १९ रन बनाउन बाहेक अन्य ब्याट्समेनले दोहोरो अंकको रन बनाउन सकेन्न । खेलको म्यान अफ दि म्याच अर्धसतक रन बनाएका सागर कटुवाल घोषित भए ।
आइतबारको पहिलो खेलमा बुद्ध युनाइटेड र रोयल किङ भिडने छन् । लिग तालिकामा ४ खेल खेलेको आइतबारेको ८ अंक छ भने दुई हार ब्योहोरेको गोर्खाको ६ र बिरेन्द्रनगरको समेत समान ६ अंक रहेको छ । बिरेन्द्रनगरको यो जितसंगै प्लेअफ खेल्ने टोलीमा समेत रोचकता थपिएको छ ।