जाजरकोट भुकम्पमा परी ज्यान गुमाउनेको संख्या १५७ पुग्यो

जाजरकोट भुकम्पमा परी ज्यान गुमाउनेको संख्या १५७ पुग्यो

कार्तिक १७ गते राति जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भू–कम्प गयो । भू–कम्पमा परी हालसम्म १५७ जनाले ज्यान गुमाएको नेपाल प्रहरीले जनाएको छ । ज्यान गुमाउनेमा जाजरकोटका १०५ जना र रुकुम पश्चिमका ५२ जना रहेका छन् ।

यस्तै, हालसम्म १७० जना घाइते भएको विवरण प्राप्त भएको छ । जाजरकोटका ८१ र रुकुम पश्चिमका ७८ जना घाइते भएका हुन् । घाइतेहरुको काठमाडौं सहितका अस्पतालहरुमा उपचार भइरहेको छ ।

 

सम्बन्धित खवर