पथरीशनिश्चरे प्रीमियर लिगमा आइतबारे अस्त्रको अपराजित यात्रा कायमै

पथरीशनिश्चरे प्रीमियर लिगमा आइतबारे अस्त्रको अपराजित यात्रा कायमै

बुद्ध युनाइटेडलाई १ विकेटले पराजित गर्दै आइतबारे अस्त्रले पथरीशनिश्चरे प्रीमियर लिगमा अपराजित यात्रा कायम राखेको छ ।

प्लेअफ खेल्ने सम्भाबनालाई आइतबारेले बलियो बनाउदा बुद्ध युनाइटेडले प्लेअफको यात्रा संघर्षपुर्ण बनेको छ । टस जितेर ब्याटिङ गरेको बुद्ध युनाइटेडले आइतबारेलाई ११२ रनको सामान्य लक्ष्य दिएको थियो। २० ओभर खेल्दै ६ विकेटको क्षतीमा १११ रन बनाएको थियो।

बुद्धले दिएको सामान्य लक्ष्य आइतबारेले १९ ओभर २ बलमा ९ विकेटको क्षतीमा भेट्टायो । आफ्नो हातबाट लगभग खेल गुमाइसकेको आइतबारेका अभिषेक बिश्वकर्माले सुझबुझ पुर्ण ब्याटिङ गरेर टिमलाई जित दिलाए ।१७ ओभरमा ८८ रन बनाउदा आइतबारेले ९ विकेट गुमाएको थियो । अन्तिम ओभर बलिङ गर्न आएका द्रोणजंग बस्नेतले लगातार एक्स्ट्रा रन दिदा आइतबारे खेलमा फर्कियो र लिगमा महत्त्वपूर्ण २ अंक जोडन सक्यो ।

निक्कै संघर्षपुर्ण जित हासिल गरेको आइतबारेका लागि नित्य खडोलियाले २५, राजकुमार मगरले २१, अभिषेक बिकले १६ र मोहमद निशारले १५ बनाए ।

बुद्धका सतिस यादबले ४ द्रोणजंग बस्नेत र भुपेन राईले २/२ विकेट लिदा समीर कार्कीले १ विकेट लिए । त्यस अघि ब्याटिङ गरेको बुद्धका लागि समीर कार्कीले अर्धसतक बनाए पनि टिमलाई जिताउन सकेन्न । यादबले ६ चौका र ३ छक्काको मद्धतमा ५९ रन बनाए । द्रोणजंगले १३ र कप्तान राकेश राईले १० रन बनाए । आइतबारेका मोहमद निशारले २ विकेट लिदा दिपेश भण्डारी राजकुमार मगर र अभिषेक बिकले समान एक एक विकेट लिए । खेलको म्यान अफ दि म्याच अभिषेक बिक घोषित भए ।

सम्बन्धित खवर