क्लासिक ईलाभेनलाई ११० रनमा अल आउट गर्दै रोयल किङ्गले दोस्रो खेलमा विजयी

क्लासिक ईलाभेनलाई ११० रनमा अल आउट गर्दै रोयल किङ्गले दोस्रो खेलमा विजयी

पथरी, मोरङको पथरी शनिश्चरेमा जारी चौथो संस्करणको पथरी शनिश्चरे प्रिमियर लिग २०८० अन्तरगत पाचौ खेलमा रोयल किङ्ग विजयी भएको छ । तेस्रो दिनको पाचौ खेलमा १३२ को टार्गेट दिएको रोयल किङ्गले ११० रनमा क्लासिक ईलाभेनलाई समेट्दै जित हासिल गरेको हो ।

पथरी शनिश्चरे १ को प्रस्तावित रंगशालामा जारी प्रतियोगिताको पथरी शनिश्चरेले मुख्य सहयोग गरेको छ । पथरी शनिश्चरे प्रिमियर लिग कमिटिको आयोजनामा भएको प्रतियोगिगामा ७ वटा फ्रेन्चाईज टिमको सहभागिता रहेको छ ।

कार्तिक ११ गतेबाट सुरुभएको चौथो संस्करणको पथरी शनिश्चरे प्रिमियर लिग प्रतियोगीताको विजेताले १ लाख ३१ हजार रुपयाँ र ट्रफि प्राप्त गर्ने छ भने उपविजेताले ७१ हजार १ सय ११ रुपयाँ प्राप्त गर्ने छ । कार्तिक २५ गते सम्म सन्चालन हुने प्रतियोगीताको नगरका प्रमुख मोहन प्रसाद तुम्वापोले उदघाटन गर्नु भएको थियो ।

सम्बन्धित खवर