अरनिको अस्पतालले मृगौला पिडितलाई ७० हजार सहयोग गर्यो

अरनिको अस्पतालले मृगौला पिडितलाई ७० हजार सहयोग गर्यो

उर्लाबारी, मोरङको उर्लाबारीमा रहेको अरनिको अस्पताल प्रालिले तेह्रथुमकी मृगौला पिडित मनिषा गुरुङको उपचारमा सहयोग गरेको छ ।

अस्पतालमा कार्यरत लेखा शाखा प्रमुख तेजबहादुर गुरुङकी बहिनी समेत रहेकी लालीगुँरास नगरपालिका वडा नम्बर १ निवासी ३० वर्षिया गुरुङलाई अस्पतालद्वारा संकलित ७० हजार ३ सय रुपैया रकम शनिबार गुरुङका बुबा लक्ष्मीबहादुर गुरुङलाई हस्तान्तरण गरेको अस्पतालका अध्यक्ष लोलिम पोमू लिम्बूले बताए ।

१५ वर्षको उमेरदेखी मृगौला सम्बन्धी समस्या भई हाल विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचाररत गुरुङ्को आर्थिक अवस्था नाजुग भएकोले दुवै मृगौला प्रत्यारोपण गर्न नसकिएको उनको परिवारले जनाएको छ । परिवारले उनको उपचारको लागि आर्थिक सहयोगको अपिल समेत गरेको थियो ।

यसैबिच सामाजिक क्षेत्रमा समेत उल्लेखनिय योगदान पुर्याउदै आएको अरनिको अस्पताललमा कार्यरत कर्मचारी, चिकित्सक एवम् स्वास्थ्यकर्मी लगायत अस्पताल व्यवस्थापन समितीद्वारा संकलित रकम गुरुङकै घरमा गएर हस्तान्तरण गरिएको अस्पतालले जनाएको छ ।

सम्बन्धित खवर