पथरीमा २६ जना भिक्षु सम्मिलित प्रवज्या सम्पन्न

पथरीमा २६ जना भिक्षु सम्मिलित प्रवज्या सम्पन्न

पथरीमा आज कुलपुत्र प्रवज्या (अल्पकालीन भिक्षु) कार्यक्रम समापन भएको छ । नेपाल मगर बौद्ध सेवा समाज, मोरङ्ग्को आयोजना र नेपाल मगर संघ नगर समिती, पथरीशनिश्चरे, नेपाल मगर बौद्ध सेवा समाज, नगर समिती पथरीशनिश्चरे र पट्टकुङ्ग सार बौद्ध बिहार व्यवस्थापन समिती, पथरीशनिश्चरेको संयुक्त व्यवस्थापनमा सो कार्यक्रम सम्पन्न भएको हो ।


असोज १९ गयेदेखी १० दिन सम्म चलेको सो कार्यक्रम २९ गते सोमबार पथरीमा स्थापित मगर गुम्बा परिसरमा आयोजित धार्मिक कार्यक्रममा कुलपुत्र प्रवज्या गरी भिक्षु बनाइएको हो । भिक्षु आलोक महास्तविरको उपाध्यायत्वमा १० दिन सम्म अल्पकालीन दुर्लभ श्रामणेर प्रवज्या संचालन भएको थियो । । यस पटकको कुलपुत्र प्रवज्याबाट प्रदेश नं. १ बाट २६ जनाले प्रवज्या शिक्षा लिए । प्रवज्या शिक्षा लिएका भिक्षुहरुले अरु थप समय कठोर रुपमा बुद्धको नियम पालना गरे उनिहरुलाई पुर्ण भिक्षु घोषणा गर्ने प्रचलन रहेको छ ।
बुद्ध धर्ममा भिक्षु बन्न बुद्ध धर्मका सय वटा नियमहरु पालना गर्नुपर्ने हुन्छ। सामान्य अनुयायीहरुले पञ्चशिल र अष्टशिलको पालना गर्ने भए पनि अल्पकालिन भिक्षुले केहि दिनसम्म पूर्ण रुपमा बौद्ध नियमामा आफूलाई रुपान्तरण गर्नुपर्ने हुन्छ ।

सम्बन्धित खवर