हसन्दहमा कराते ग्रेडिङ सम्पन्न

हसन्दहमा कराते ग्रेडिङ सम्पन्न

अमरसिंह सितोरियो कराते डोजो, पथरीशनिश्चरे ५ हसन्दहले जुनियर कराते ग्रेडिङ कार्यक्रम सम्पन्न गरेको छ । नगर प्रमुख मोहन प्रसाद तुम्बापोको प्रमुख आतिथ्यमा औपचारिक कार्यक्रमका विच सो ग्रेडिङ र प्रमाणपत्र वितरण गरिएको हो।


कार्यक्रममा बोल्दै नगर प्रमुख तुम्बापोले खेलले स्वास्थ जीवन शैली बनाउन मद्धत गर्नुका साथै देशको नाम राख्न महत्त्वपूर्ण भुमिका खेल्ने हुँदा खेल प्रवर्द्धनमा स्थानिय सरकारले सक्दो सहयोग गर्ने बताए ।
कार्यक्रममा सितोरियो कराते मोरङ जिल्ला अध्यक्ष चन्द्र पराजुलीले ६० हजार रुपैयाँ बराबरको खेल सामाग्री वितरण गरेका थिए। कार्यक्रममा बोल्दै पराजुलिल कराते प्रशिक्षण चौरमा गराउनु पर्ने बाध्यता रहेको र सो खेल इनडोर खेल भएका कारण कवर्ड हलको आवश्यकता रहेको उल्लेख गर्दै स्थानिय सरकारले कवर्ड हल निर्माणमा पहल गर्न पर्ने बताए ।

सम्बन्धित खवर