कानेपोखरी गाउँपालिकाको चौधौँ गाउँअधिबेशन सम्पन्न

कानेपोखरी गाउँपालिकाको चौधौँ गाउँअधिबेशन सम्पन्न

कानेपोखरी, कानेपोखरी गाउँपालिकाको चौधौँ गाउँअधिबेशन बुधबार सम्पन्न भएको छ । गाउँसभाले विभिन्न तीन वटा बिधेयकहरू पारित गरेको गाउँपालिका अध्यक्ष राजमती इङ्नामले जानकारी दिनुभयो ।

गाउँसभाले सहकारी बिधेयक २०८०, जलस्रोत उपयोग तथा व्यवस्थापन बिधेयक २०८० र नागरिक उपचार सहायता कोष परिचालन सम्बन्धी विधेयक पहिलो संशोधन २०८० पारित गरिएको हो ।

गाउँपालिका अध्यक्ष राजमती इङ्नामले प्रस्तुत गर्नुभएको बिधेयक माथि सभाका सदस्य दिपेशकुमार थापा र रखिलाल चौधरीले आफ्नो भनाइ प्रस्तुत गर्नुभएको थियो । सभामा प्रस्तुत भएका तीन वटा बिधेयक सभाका बहुमत सदस्यबाट पारित भएको हो ।

गाउँसभाका सदस्य दिपक लुइटेल र दुर्गामाया नेपालीले सभाको शुन्य समय लिएर आफ्नो बिषय प्रस्तुत गर्नुभएको थियो । सभाका सदस्य लुइटेले नागरिकका गुनासा सुन्ने गुनासा समिति बन्नुपर्ने बताउँनु भयो । उहाँले नागरिकलाई सरकारले हरेक काम हुने सुनिश्चितता गराउनुपर्ने बताउनुभयो । यस्तै सभाकी सदस्य दुर्गा नेपालीले दलित सशक्तिकरण ऐनको मस्यौदा माथि छलफल तथा सभामा टेबुल नभएको भन्दै आपत्ति जनाउनु भयो ।

जवाफमा पालिका अध्यक्ष इङ्नामले हिउदे अधिवेशनमा दलित सशक्तिकरण ऐनको मस्यौदा पास गर्ने बताउनु भयो । अधिबेशनमा गाउँपालिका उपाध्यक्ष भोला प्रसाद अधिकारी लगायत वडाध्यक्ष तथा गाउँकार्यपालिका सदस्यहरुको सहभागिता थियो ।

सम्बन्धित खवर