झापामा महेश बस्नेत सहभागी कार्यक्रममा गाडी तोडफोड

झापामा महेश बस्नेत सहभागी कार्यक्रममा गाडी तोडफोड

झापा, एमाले नेता महेश बस्नेत सहभागी रहेको झापाको एक कार्यक्रम स्थल बाहिर रहेका गाडी तोडफोड भएको छ । झापाको अर्जुनधारामा युवासंघको नगर कमिटि अधिवेशनका लागि पुगेका बस्नेतको बिरोध स्वरुप गाडी तोडफोड भएको हो ।

बस्नेतले कार्यक्रमको सम्बोधन गरिहरेका बेला करिब १ दर्जन गाडीमा तोडफोड गरी गाडीका सिसाहरु फुटाइएको छ । पहिचान पक्षधरहरुले केहि समय बस्नेत सहभागी रहेको कार्यक्रममा समेत अवरोध गरेका थिए । पहिचान पक्षधरसंग दुर्गा प्रसाँईका मानिसहरु पनि मिसिएर तोडफोड गरिएको अनुमान गरिएको छ ।

केहि दिन अघि प्रसाईलाई काठमाडौंमा मोसो दलिएको थियो । सो पछि उग्र अभिव्याक्ति दिदै आएका बस्नेतको कार्यक्रमलाई अवरोध गर्न खोजिएको हो ।

सम्बन्धित खवर