रंगेलीमा १३ वर्षीया बालिकाको असुरक्षित गर्भपतन

रंगेलीमा १३ वर्षीया बालिकाको असुरक्षित गर्भपतन

रंगेली, मोरङको रंगेलीमा १३ वर्षीया बालिकाको असुरक्षित गर्भपतन गराएको खुलेको छ ।

ती बालिका माथि जर्बरजस्ती करणी पश्चात बसेको गर्भ असुरक्षित रुपमा पतन गराएको घटना सार्वजानिक भएको हो । सो घटनामा संलग्न एकजनालाई इलाका प्रहरी कार्यालय रंगेलीले जर्बरजस्ती करणी आरोपमा पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

करणीमा संलग्न नाबालकले विवाह गर्ने भन्दै १३ वर्षीया बालिकालाई पाँच महिना अगाडी जर्बरजस्ती करणी गरेपछि गर्भ बसेको थियो ।

उक्त गर्भ पतन गराउन बालिकाको घरमै असुरक्षित रुपमा औषधी सेवन गराइएको थियो । बालिकाले मृत शिशुको जन्म दिएको सुचना प्रहरीले पाएपछि घटनास्थल पुगेर सोधखोज गरेको हो ।

मोरङ प्रहरीका प्रवक्ता रन्जनकुमार दाहालले दुवैजना नाबालक रहेको जानकारी दिएका छन् । घटनाको अनुसन्धानसँगै जर्बरजस्ती करणी र गर्भसंरक्षण कसुरमा अनुसन्धान भईरहेको छ ।

सम्बन्धित खवर