पथरी, मोरङको पथरीशनिश्चरे २ मा रहेको सुन्दर सामुदायिक वन उपभोत्ता समुहको वन क्षेत्रमा एउटा शव भेटिएको छ । केहि दिन अगाडी नै मृत्यु भएको जस्तो देखिने अनुहार सडेको अवस्थामा आज लास भेटिएको हो ।
इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरिक्षक सुशिल पाण्डेका अनुसार दिउसो १२ बजेको समयमा पुरुष मानिषको शव देखेर स्थानियले प्रहरीलाई जानकारी गराएका थिए । हातमा ओम मानी पेमे हो लेखिएको उत्त शव धरान शवगृहमा पठाएको प्रहरी निरिक्षक पाण्डेले जानकारी दिए ।