ओखलढुंगा, ओखलढुंगाको सुनकोसी गाउँपालिका १० का वडाध्यक्ष छवि रमण धमलाले जागिर लगाइदिन्छु भन्दै जबरजस्ती करणी गरेका छन् ।
धमलाले सोही वडाकी एक महिलालाई जागिर लगाइदिने भन्दै करणी गरेका थिए । उनी विरुद्ध ती महिलाले जाहेरी दिएपछि जिल्ला अदालत ओखलढुंगाले पक्राउ पुर्जी जारी गरेको हो । २५ वर्षीय महिलालाई जागिरमा लगाई दिने प्रलोभनमा गत असार २५ गते ओखलढुंगा सदरमुकामको एक होटेलमा लगेर जबरजस्ती करणी गरेको धमलालाई आरोप छ।
पिडित महिलाका श्रीमान बैदेशिक रोजगारीका लागि विदेशमा रहेका भए पनि सो घटना पछि स्वदेश फर्किसकेका छन् ।