संगै काम गर्ने महिला कर्मचारीको डिमाण्ड पुरा गर्न नसक्दा कर्जा प्रमुखले ज्यान फाले

संगै काम गर्ने महिला कर्मचारीको डिमाण्ड पुरा गर्न नसक्दा कर्जा प्रमुखले ज्यान फाले

दमक, दमकमा रहेको मेची बहुउद्देशीय सहकारीका कर्जा विभाग प्रमुख मेघराज राउतले बिहिबार दमकै अन्नपूर्ण होटल एण्ड लजमा झुण्डिएर आत्महत्या गरे । राउतले अरु कसैका कारण नभइ सोही कार्यालयमा काम गर्ने कर्मचारी दिव्या न्यौपानेका कारण आत्महत्या गरेको सुसाइड नोट भेटिएको थियो ।

घरबाट कार्यालय जान्छु भनेर हिडेका राउत कार्यालय नपुगेपछि खोजी भएको थियो । घरमा पनि नभएको र कार्यालय पनि नपुगेपछि प्रहरी मोबाइल ट्रयाक गर्दा होटलमा झुण्डिएको अवस्थामा फेला परेका थिए । उनले सुसाइड नोट लेखेर आफुलाई संगै अफिसमा काम गर्ने कर्मचारी दिव्या न्यौपानेले फसाएको भनेका छन् । लामो समय देखि अनैतिक सम्बन्धमा रहेका राउतले न्यौपानेलाई आवश्यक पर्ने गरगहना, स्कुटर लगायत सबै सामान किनिदिएको तर पटक पटक रकम माग गर्ने, ट्रयापमा पारेर पसाइदिन्छु भनेर धम्की दिने गरेपछि आफुले न्यौपानेको डिमाण्ड पुरा गर्न नसकेर आत्महत्या गर्न बाध्य भएको उल्लेख गरेका छन् । राउतले कानुनी रुपमा हुने हदैसम्मको कार्वाही न्यौपानेलाई गर्न माग भनेका छन् ।

परिवारका तर्फबाट जाहेरी परेपछि इलाका प्रहरी कार्यालयले न्यौपानेलाई आत्महत्या दुरुत्साहनको मुद्धा चलाउने तयारी गरेको छ । दुरुत्साहन गरेको प्रमाणित भएमा ५ वर्ष कैदको व्यवस्था रहेको छ । न्यौपानेलाई विहिबार राति नै प्रहरीले पक्राउ गरेको थियो ।

लामो समयदेखि सम्बन्धमा रहदैँ आएकामा न्यौपानेले केहि अघि मात्रै विवाह गरेकी थिइन् । विवाह पश्चात पनि न्यौपानेले निरन्तर राउतलाई तनाव दिदै आएको खुलेको छ ।

सम्बन्धित खवर