दुई समुदायबीच झडप, मलङ्गवामा निषेधाज्ञा  जारी

दुई समुदायबीच झडप, मलङ्गवामा निषेधाज्ञा  जारी
मलङ्गवा, सर्लाही जिल्ला सदरमुकाम मलङ्गवामा अनिश्चितकालीन निषेधाज्ञा आजपनि जारी रहेको छ ।  दुई समुदायबीच झडप भएपछि सर्लाही सदरमुकाम मलङ्गवामा अनिश्चितकालीन निषेधाज्ञा (कफ्र्यु) जारी गरिएको हो । जिल्ला प्रशासन कार्यालय मलङ्गवाले गए राति १०ः०० बजेदेखि अर्को आदेश नहुन्जेलसम्मका लागि कफ्र्यु आदेश जारी गरेको हो ।
मूर्ति विर्सजन (सेलाउन) जाने क्रममा मलङ्गवा–३ मा  विवाद भएपछि स्थिति नियन्त्रणमा लिन गए राति १०ः०० बजेदेखि अर्को आदेश नहुन्जेलसम्मका लागि कफ्र्यु आदेश गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।
पुरानो मलङ्गवा नगरक्षेत्र पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल–भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्ट÷बाबा पेट्रोलपम्म सीमा क्षेत्रभित्र कसैले आजवतजावत, भेला हुन, बाहिर हिँडडुल गर्न एवं अरु कुनै प्रकारको गतिविधि गर्न नपाइने कफ्र्यु आदेशमा भनिएको छ ।
कफ्र्यु आदेशपछि अहिले मलङ्गवाको  स्थिति सामान्य रहेको सर्लाहीको प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

सम्बन्धित खवर