युद्धको घाउ बोकेकाहरुलाई न्याय माग्दै ध्यानाकर्षण

युद्धको घाउ बोकेकाहरुलाई न्याय माग्दै ध्यानाकर्षण

लेटाङ, विश्व शान्ति दिवसको अवसरमा मोरङ्गको लेटाङ नगरपालिकामा रहेका सामाजिक संस्थाहरुले ध्यानकर्षण पत्र बुझाएका छन् ।

पहाडी ग्रामिण विकास संस्था उत्तरी मोरङ (हर्डन), सामूदायिक विकास मञ्च नेपाल, परिवर्तनशिल महिला समूह लेटाङ, परिवर्तनशिल महिला समुह, महिला मानव अधिकार संजाल लेटाङ, महिला फेडेरेशन सल्लाकार, ग्रामिण विकास महिला संघ, अन्तरधार्मिक शान्ति सञ्जाल मोरङ, वैदशिक रोजगारबाट फर्किएका महिलाहरूको समूह, पत्रकार महासंघ मोरङ, शिक्षाका लागि राष्ट्रिय अभियान, महिला जागरण समूह लेटाङ लगायतका संस्थाको एक्यवद्धता सहित सामुहिक रुपमा लेटाङका प्रमुख प्रसासकीय अधिकृत नारायण न्यैपानेलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

संरचनात्मक विभेद, शोषण र एकात्मक शासन पद्धतिबाट जन्मिएको १० वर्षे शसस्त्र द्वन्द्वको अन्त्य भई ‘दिगो शान्ति निर्माण’ को प्रतिवद्धता सहित विस्तृत शान्ति सम्झौता भएको १७ वर्ष पूरा गरेको तर युद्धको घाउहरु बोकेका व्यक्तिहरुले अहिलेसम्म न्याय पाउन नसकेको संस्थाका प्रतिनिधीहरुले बताएका छन् ।

सशस्त्र द्वन्द्वका क्रममा भएका मानव अधिकारको गम्भीर उल्लङ्घन तथा मानवता विरुद्धको अपराध सम्बन्धी घटना र त्यस्तो घटनामा संलग्न व्यक्तिका बारेमा सत्य तथ्यको खोज तथा त्यसको छानविन गरी वास्तविक तथ्य बाहिर ल्याउन सत्य निरुपण तथा मेलमिलाप आयोग तथा बेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोग गठन भएपनि अझसम्म पनि सशस्त्र द्वन्द्वका बेला युद्धरत पक्षहरुबाट महिला माथि भएका यौन हिंसा, यातना लगायतका विभिन्न प्रकारका गम्भीर मानव अधिकार उल्लघंनका सवालमा सम्बोधन हुन नसकेको उनिहरुको भनाई छ ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: