प्रहरीले इटहरीबाट १५ लाख ८३ हजार नकल्ली नोट सहित २ जनालाई पक्राउ गरेको छ ।
सङ्खुवासभा घर भएका विवेक राई र अजय राईलाई इलाका प्रहरी कार्यालय इटहरीले बिहीबार दिउँसो १ बजे इटहरी ६ हटिया लाइनबाट पक्राउ गरेको हो । पक्राउ परेको विषय जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नवीनकृष्ण भण्डारीले पुष्टि गरे पनि विस्तृत जानकारी पत्रकार सम्मेलन गरेर दिने बताए ।