नेम्वाङकाे निधनप्रति राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

नेम्वाङकाे निधनप्रति राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताउनुभएको छ ।

सामाजिक सञ्जालमार्फत उहाँले दुःखको यस घडिमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा उहाँको पार्टीप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

यसैबिच, हृदयघातबाट निधन हुनुभएका नेकपा (एमाले) का उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर अहिले केहीबेरमा ललितपुरको च्यासल स्थित पार्टी कार्यालयमा राखिने भएको छ ।

बालुवाटार स्थित आफ्नो निजी निवासमा गएराति उहाँलाई हृदयघात भएपछि उपचारका लागि महाराज स्थित शिक्षण अस्पताल पुर्याइएकामा त्यही नेम्वाङको निधन भएको थियो ।

सम्बन्धित खवर