भत्ता कार्ड नविकरण नगरे सुविधाबाट बञ्चित

भत्ता कार्ड नविकरण नगरे सुविधाबाट बञ्चित

पथरी, सामाजिक सुरक्षा भत्ता कार्ड नबिकरण गर्ने अन्तिम मिति भदौ ३१ गते रहेको छ ।

मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले सूचना प्रकशन गरेर यस अघि पनि जानकारी दिइसकिएको छ । भदौ ३१ गते भित्रमा भत्ता कार्ड नबिकरण गरिसक्नु पर्ने मितिको लागि सुचना जारी गरिएको छ ।

दलित बालबालिका, अति अपाङ्ग असत्तm भत्ता, पूर्ण अपाङ्ग भत्ता, एकल महिला भत्ता, जेष्ठ नागरिक भत्ता, अन्य जेष्ठ नागरिक भत्ता लगायत केहीले नबिकरण गर्न बाँकी रहेकोले सूचना नै जारी गरिएको हो । भत्ता कार्ड नबिकरण नगरेमा सेवा सुविधाबाट सेवाग्राही बन्चित हुने बताइएको छ ।

सम्बन्धित खवर