पथरी शनिश्चरेमा विश्व आत्महत्या रोकथाम दिवस मनाइयाे

पथरी शनिश्चरेमा विश्व आत्महत्या रोकथाम दिवस मनाइयाे
पथरी, ‘आशा जगाऔं, जीवन बचाऔं’ भन्ने मूल नाराका साथ माेरङ पथरी शनिश्चरेमा विश्व आत्महत्या रोकथाम दिवस २०२३ मनाइएको छ ।
हिजाे नगरपालिकाको वडाका तालिम प्राप्त स्वास्थ्य प्रमुखहरुको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो । विश्व आत्महत्या रोकथाम दिवस हरेक वर्ष सेप्टेम्बर १० मा मनाइन्छ । आत्महत्या रोकथामको लागि अन्तर्राष्ट्रिय संघ आइएएसपीद्वारा आयोजित र विश्व स्वास्थ्य संगठन डब्लुएचओद्वारा समर्थित छ । घटनाले आत्महत्या रोकथाममा ध्यान केन्द्रित गर्ने विश्वव्यापी प्रतिवद्धतालाई प्रतिनिधित्व गर्दछ ।

सम्बन्धित खवर