डिएसपी श्रेष्ठलाई पथरीमा स्वागत

डिएसपी श्रेष्ठलाई पथरीमा स्वागत

पथरी, पथरी शनिश्चरे नगरपालिकाले भर्खरै आउनुभएका इलाका प्रहरी कार्यालय पथरीका डिएसपी गणेश श्रेष्ठलाई स्वागत गरेको छ ।

नगर प्रमुख मोहन प्रसाद तुम्वापो र डिएसपी श्रेष्ठ बीच स्वागत पश्चात् नगरको शान्ति सुरक्षाको विषयमा छलफल भएको छ । नजिकै आइरहेको चाडवाडमा नगरभरि शान्ति सुरक्षा कसरी प्रदान गर्ने भन्ने विषयमा पनि छलफल भएको थियो ।

सो छलफलमा नगर उप–प्रमुख देविमाया काफ्ले, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, कानुनी सल्लाहकार दीपक राई र कार्यपालिका सदस्य मुना कार्कीको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर