मदन भण्डारी ट्रमा सेन्टरका डा. कोइरालाको शव कोशीमा भेटियो

मदन भण्डारी ट्रमा सेन्टरका डा. कोइरालाको शव कोशीमा भेटियो

मोरङ उर्लाबारीमा रहेको मदन भण्डारी ट्रमा सेन्टरमा कार्यरत जनरल सर्जन डाक्टर प्रज्वल कोइरालाको शव कोशी नदिमा भेटिएको छ ।

१० दिन अघिदेखि हराइरहेका ३२ वर्षीय कोइरालाको शव सुनसरी जिल्लाको वराहक्षेत्र नगरपालिका वडा नं. २ मा पर्ने कोशीको टापु क्षेत्रमा फेला परेको हो । कोशीको भंगालो छुटेर टापु बनेको क्षेत्रमा माछा मार्ने मान्छेले शव देखेर प्रहरीलाइ खवर गरे पछि गएर हेर्दा डा. कोइरालाको फोटोसँग मिल्दो जुल्दो भएको विपद व्यवस्थापनमा समेत कार्य गर्दै आउनु भएका सुरक्षा वेश चतराका इन्चार्ज शसस्त्र प्रहरी निरीक्षक देवेन्द्र रोक्काले जानकारी दिनु भयो ।

रोक्काका अनुसार साढे हिजो ४ बजे तिर खबर आए पछि विपद व्यवस्थापनमा खटिने टोली लगेर शव ल्याउँदा ६ बजेको थियो । शव धरानको बीपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टमका लागि पठाइएको छ । डा. कोइराला अघिल्लो आइतवार बेलुकी ड्युटी सकेर हिडेका थिए । वेपत्ता भएको भोलि पल्ट भदौ ११ गते कोइरालाको सवारी साधन चतराको पुलपारी विहान फेला परेको थियो ।

गाडी राखेको क्षेत्रमा लगाइएको सिसि क्यामेरा फुटेजमा कोइराला चतराको पुलमा यता उता गरेको र खोलामा टहलाएको देखिन्छ । आफ्नो मोवायल, जुत्ता उनले गाडी र पुलमा नै छाडेका थिए ।

प्रहरी श्रोतका अनुसार अन्तिम समयमा कोइरालाकी प्रेमी भनिएकी एक युवतीसंग कुराकानी भएको देखिन्छ । ती युवतीसंग बयान लिँदा दूईजनाबीच प्रेम भएको समेत पाईएको छ ।

सम्बन्धित खवर