अस्पतलाको लापारबाहिले ४ वर्षीय बालिकाको मृत्यु भएको भन्दै आन्दोलन

अस्पतलाको लापारबाहिले ४ वर्षीय बालिकाको मृत्यु भएको भन्दै आन्दोलन
लेटाङ, अस्पतलाको लापारबाहिले ४ वर्षीय बालिकाको मृत्यु भएको घट्नाले उग्र रुप लिने देखिएको छ । लेटाङ ७ का वारंगीका राजकुमार लिम्बुको ४ वर्षीय छोरी कृष्टिना लिम्बुको उपचारका क्रममा नोवेल अस्पताल विराटनगरमा मृत्यु भएपछि आफन्तले आन्दोलन सुरु गरेका छन् ।
शनिवार बेलुका नानीलाई ज्वरो आएरपछि लेटाङमा रहेको दिर्घायु लेटाङ फार्मेसीमा उपचार गर्न ल्याईएको थियो । बच्चाको स्वास्थ्य परिक्षण गर्दा डेङगो संक्रमण भएको रिपोर्ट आएको र निमोनिया(स्वास प्रस्वासमा समेत समस्या) देखिएपछि सोही अनुसार उपचार गरिएको उक्त फार्मेसीका डा. सुमन तामाङले जानकारी दिनुभयो ।
३ दिन सम्म उक्त फार्मेसीमा उपचार गरिएपनि स्वास्थ्य अवस्था झन विग्रिएको भन्दै नोवेल रिफर गरिएको थियो । नोवेल अस्पतालमा पुर्याएको भोलीपल्ट बुधवार बच्चाको निधन भयो । नोवेलको रिपोर्टमा भने अग्र्यान फेल तथा स्क्रप्ट टाईफसका कारण निधन भएको देखिएको छ ।
बच्चालाई डेङगो संक्रमण नभएको आफन्तले बताएपनि नोवेल अस्पतालको रिपोर्टमा समेत प्लेटीलेट्स ८० हजार मात्र रहेको र सामान्य रुपमा १ लाख ५० हजार देखि ४ लाख सम्म हुनुपर्ने डा. सुमनले जानकारी दिनुभयो ।
मुसामा देखिने किर्ना जस्तो किराबाट मानिसमा सर्ने यो रोग मानिसबाट मानिसमा भने सर्दैन । धेरै सरुवा रोगहरु मध्येको एक हो स्क्रब टाइफस । यो रोग मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा माइटको टोकाइबाट मानिसमा सर्दछ । यो रोग माइटमा पाइने ओरेन्सिया सुसुगामुसी भन्ने जीवाणुबाट लाग्दछ । माइट प्रायजसो झाडी, खेतबारी, वनजगंल, घर वरपरको झाडी तथा घुरान हुने ठाँउमा देखिने गर्दछ ।
स्क्रब टाइफस भएका मानिसहरुमा धेरै जरो आउने १०४ डिग्री भन्दा बढि र काम जरो समेत आउन सक्दछ । धेरै टाउको दुख्ने, पसिना धेरै आउने, आँखा रातो हुने, झाडापखला लाग्ने , विस्तारै शरिरका मुख्य अंगहरुले काम गर्न छोड्ने,समयै उपचार नभएका कडा खालको स्वासप्रस्वास समस्या जस्तै दम बढ्नु सास फेर्न गाह्रो भई विरामी सिकिस्त समेत हुन सक्छ । किराले टोकेको ठाँउमा रातो डावर जस्तो देखिन सक्छ । टोकेको ठाँउमा पछि गएर कालो दाग बस्न सक्छ ।
फार्मेसी अगाडी मृतकका आफन्तले आन्दोलन गरि तोडफोडको समेत प्रयास भएको छ । हाल उक्त ठाँउमा प्रहरीले सुरक्षा दिईरहेको छ ।

सम्बन्धित खवर