अस्वभाविक रुपमा बढेको व्याजदर सरकारले नियन्त्रण नगर्दा सहकारीमा असर प¥यो ः पूर्व अर्थमन्त्री खतिवडा

अस्वभाविक रुपमा बढेको व्याजदर सरकारले नियन्त्रण नगर्दा सहकारीमा असर प¥यो ः पूर्व अर्थमन्त्री खतिवडा

पथरी, कोभिड पछाडी अस्वभाविक रुपमा बढेको व्याजदर सरकारले नियन्त्रण नगर्दा सहकारी क्षेत्रमा समेत असर परेको पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले बताउनुभएको छ ।

मंगलबार मोरङको उर्लाबारीमा आयोजित मेची बहुउद्देशीय सहकारी संस्था लिमिटेडको २९ वार्षिक साधारणसभामा प्रमुख अतिथिको रुपमा सहभागी खतिवडाले यस्तो बताउनुभएको हो । कोभिड पछाडी अबैधानिक तवरमा लगानी गर्ने र त्यसबाट भएको आम्दानी बैंकमा जम्मा गर्न गाह्रो भएकाले त्यस्ता व्यावसायीले नगद राखेपछि बैंकमा पैसा अभाव भएका कारण व्याजदर अस्वभाविक रुपमा बढेको खतिवडाले बताउनुभयो ।

सहकारीले हरेक क्षेत्रमा काम गर्न सक्ने तर त्यसका लागि कम्पनी ऐन, सहकारी ऐन लगायत दर्जन बढि ऐनहरु संसोधन गर्न आवश्यक रहेको खतिवडाले बताउनुभयो । सहकारीले शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा काम गर्न आवश्यक रहेको छ । सहकारीले आफैले उत्पादन गरेका सामान विदेश निर्यात गर्नका लागि हालका ऐनले बाधा पु¥याउने अवस्था रहेको खतिवडाको भनाइ थियो ।

अहिलेसम्म राज्यले सहकारी दर्ता गर्ने र व्याजदर तोक्ने बाहेक अरु काम गरेको छैन् । सरकार यसरी गैर जिम्मेवार बनेर व्याजदर तोकेर बस्न मिल्दैन । सहकारीले आफ्ना सदस्यलाई कतिमा ऋण दिने भनेर आफै व्याजदर तोक्न पाउनुपर्छ । हाल रहेको कर्जा सूचना केन्द्र बैंकका लागि मात्रै उपयोगी रहेकाले सहकारी आफ्नो अलग्गै कर्जा सुचना केन्द्र स्थापना गर्नुपर्ने खतिवडाले बताउनुभयो ।

सहकारीको मुल्य मान्यता विपरित सञ्चालन गर्दा केहि सहकारीहरु डुवेका छन् तर १/२ वटा डुबे भनेर समग्र सहकारी अभियान्ताले निरास हुनुपर्ने अवस्था नरहेको बरु सहकारीको मुल मर्म अनुसार चल्नुपर्ने आवश्यकता रहेको खतिवडाले बताउनुभयो ।

मेची सहकारीले साउन २८ गतेदेखि इलाका स्तरका सेवा कार्यालयहरुमा वार्षिक साधारण सभा गरेको थियो । हिजो भएको माइन्युट प्रमाणिकरण साधारण सभाको अवसरमा सहकारी क्षेत्रमा योगदान गर्ने व्याक्ति तथा संस्थालाई पुरस्कार तथा सम्मान समेत गरिएको छ ।

यसवर्ष मेची सहकारीका संस्थापक अध्यक्ष ‘स्व. गणेश प्रसाद बस्नेत सहकारी अभियान्ता पुरस्कार’ (नगद २६ हजार सहित) राष्ट्रि सहकारी महासंघकी महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाङलाई प्रदान गरिएको छ । ‘स्व. गणेश प्रसाद बस्नेत सहकारी पत्रकारिता पुरस्कार’ (नगद १० हजार सहित) बिटानगरमा रहेर सहकारी क्षेत्रमा निरन्तर कलम चलाइरहने पत्रकार चिना थापालाई प्रदान गरिएको छ ।

यस्तै मेची सहकारी पत्रकारिता पुरस्कार रासस संवाददाता राजु पोखरेललाई र मेची सञ्चारगृह पुरस्कार दमकमा रहेको रेडियो किङलाई प्रदान गरिएको छ ।

यसवर्ष मेचीका १२ वटा सेवा कार्यालयहरु मध्ये बिर्तामोड सेवा कार्यालय उत्कृष्ट भई पुरस्कृत भएको छ । मेचीले संस्थामा कार्यरत कर्मचारीहरु मध्ये उत्कृष्ट कार्यसम्पादन गर्ने ५ जना कर्मचारीलाई पनि पुरस्कृत गरेको संस्थाका कार्यकारी अधिकृत खोम प्रसाद बगालेले जानकारी दिनुभयो ।

सम्बन्धित खवर