टिपरको ठक्करबाट अस्पताल हिडेका डाक्टरको बाटैमा मृत्यु

टिपरको ठक्करबाट अस्पताल हिडेका डाक्टरको बाटैमा मृत्यु

उर्लाबारी, मंगलबार विहानै आफ्नो नियमित काममा घरबाट बिदा लिएर अस्पताल हिडेका डाक्टरको मोटरसाईकल दुर्घटनामा मृत्यु भएको छ ।

घरपरिवारबाट विदा लिएर झापाको विर्तामोडमा रहेको कन्काई अस्पताल हिडेका मेडिकल अफिसर डाक्टर निरज यादवको उर्लाबारी ४ स्थित पुर्वपश्चिम राजमार्गको ऊँ सत्यसाई पेर्टोलपम्प छेउमा टिपरले ठक्कर दिएपछि उनि गतव्यसम्म पुग्नै नपाइ अस्ताए ।

विहान करिव ६ः३० बजेको समयमा यादवले चलाएको प्र १(०२(०५२ प ४२४१ नम्बरको मोटरसाइकल र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र ३(००१ क ००९५ नम्बरको टिपर जुध्दा मोटरसाइकलमा सवार यादव गम्भिर घाइते भएका थिए ।

घाईते यादवको तत्काल उद्धार गरी उपचारका लागि उर्लाबारी ३ मा रहेको मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरमा लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरिक्षक देवेन्द्र दासले बताए ।

२८ वर्षको कलिलो उमेरमै डाक्टर बनेका यादवको अल्पआयुमै मृत्यु हुदा उनको परिवार भावविहल बनेको छ । ठक्कर दिने टिपर र चालक मेचीनगर नगरपालिका ११ का ४४ वर्षीय वीरबहादुर शेर्पालाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको ।

सम्बन्धित खवर