विद्यालय आसपासमा मदिरा र सुर्तीजन्य वस्तु नबेच्न पञ्चायतकाृे अनुरोध

विद्यालय आसपासमा मदिरा र सुर्तीजन्य वस्तु नबेच्न पञ्चायतकाृे अनुरोध

पथरी, मोरङको पथरीशनिश्चरे—१, मा स्थापित पञ्चायत नमुना माध्यमिक विद्यालयले विद्यालय आसपासका पसलहरुमा मदिरा र सुर्तीजन्य वस्तुहरु बिक्री नगर्न अनुरोध गरेको छ ।

विद्यालयको ४५ औं वार्षिक उत्सवको अवसरमा प्लेकार्ड र व्यानर सहित सुक्रबार ¥याली प्रदर्शन गरेको छ । भदौ ६ गते पञ्चायत मावि स्थापना भएको ४५ वर्ष पुगेको छ । सो अवसारमा आयोजित प्रभात फेरि कार्यक्रमको आयोजना गरी कुलतमा नफसौँ, मदिरामा नफसौँ लगायतको नारा जुलुससहित विद्यार्थी, शिक्षक र विद्यालय व्यवस्थापन समितिले पथरी बजार परिक्रमा गरेका छन् ।

पञ्चायत माविमा १ सय १७ जना शिक्षक कर्मचारी रहेका छन् । कक्षा ११, १२ मा ८ वटा संकायमा पढाइहुने विद्यालयमा करिव ३५ सय विद्यार्थी अध्ययनरत छन् ।

भिडियाे यहाँ छ

https://www.facebook.com/reel/265690836249897

सम्बन्धित खवर