रास्वपाले उर्लाबारी नगरपालिकामा बुझायाे ध्यानाकर्षण पत्र

रास्वपाले उर्लाबारी नगरपालिकामा बुझायाे ध्यानाकर्षण पत्र

उर्लाबारी, उर्लाबारी नगरपालिकालाइ राष्ट्रिय स्वतन्त्र पार्टी उर्लाबारीले बिहीबार ध्यानाकर्षण पत्र बुझाएको छ।

पार्टीले उर्लावारी नगर समिति गठन पस्चात उर्लावारी नगरपालिका र यस मातहतमा रहेका वडा कार्यलयहरु, विभिन्न सरोकारवाला निकायहरुले नगर क्षेत्र भित्र संचालन गरेका विभिन्न योजना तथा कार्यक्रमहरुको सुक्ष्म ढंगवाट अध्ययन् गरिरहेको साथै समयसमयमा सम्वन्धित निकायहरुलाई नागरिकको सेवा प्रवाह चुस्तदुरुष्त एवम् सहज होस् भनी ध्यानाकर्षण गराउदै आएको व्योहोरा समेत उर्लाबारी अध्यक्ष उमेश जंग थापाले जानकारी गराउँदै ज्ञापनपत्र बुझाएका छन् । सो ज्ञापनपत्रमा स्थानीय नेतृत्वको विकास गर्दै स्थानीय शासन पद्धतिलाई सुदृढ गरी स्थानीय तहमा विधायिकी, कार्यकारीणी र न्यायिक अभ्यासलाई संस्थागत गर्ने उदेश्यले जनतावाट चुनिएका जनप्रतिनिधि मार्फत नेतृत्व गर्ने गरी स्थानीय सरकार संचालनमा आएको ६ वर्ष भन्दा धेरै हुँदै गर्दा आम उर्लावारी नगरवासीले स्थानीय सरकार भएको महसुस गर्वका साथ गर्न नपाएको उल्लेख गरेका छन् ।

उनीहरूले नगरपालिकाको वेरुजु दर बढ्दो रहेको पाईएको छ । धेरै जसो टिप्पणीहरु कर्मचारी र जनप्रतिनिधिहरुकै गैरजिम्मेवारपन र लापरवाहीवाट खर्चमा अनियमित भएको भन्दै आ।व। २०७८।०७९ मा मात्र ६ करोड ४६लाख ६३ हजार ६सय ७१रुपैयाँ बेरुजु रकम रहेकोमा नागरिकले तिरेको करवाट वनाईएको वजेट नेतृत्वले यसप्रकारको बेरुजु नियन्त्रण गर्न अनुरोध गरेका छन् ।उनीहरूले वेरुजुको लागि सम्वन्धितलाई नै जिम्मेवार वनाउन सम्वन्धित सवैको ध्यानाकर्षण गराएको बताएका छन् ।

उनीहरूले विगत ४ बर्षमा उर्लावारी नगरपालिकाले उर्लावारी गार्मेन्टलाई पटकपटक गरी १४लाख, ६०हजार बरावरको सामाग्री तथा अनुदान उपलव्ध गराएको भन्दै आपत्ति जनाएका छन् । आर्थिक मन्दिको कारण नगर क्षेत्र भित्रका उद्योग व्यावसाय चर्को राजस्वका कारण नविकरण समेत गर्न नसकेर बन्द हुने अवस्थामा रहेकाले कर छुट गरेर सहजिकरण गर्न पर्ने सुझाव दिएका छन् ।
उनीहरूले चर्को कर असुल्ने विभेदकारी व्यवस्था हटाई आवश्यकता र प्राथामिकताको क्षेत्रमा अनुदान दिन र सोको प्रयोग र कार्यन्वयनको अवस्था के छ भनी अनुगमन गर्न पनि माग गरेका छन् ।

उनीहरुले उर्लावारी नगर क्षेत्र भित्र विभिन्न कक्षा संचालनको लागि अनुमति लिइ संचालन भईरहेका वोर्डिङ तथा मन्टेश्वरी स्कुलहरुको सङ्ख्या ३५ रहेको तर उक्त विवरणमा नाम उल्लेख नभएका अन्य धेरै बोर्डिङ तथा मन्टेश्वरी स्कुलहरु नगर क्षेत्र भित्र संचालनमा रहिरहहेको तथा नगरपालिकावाट लिईएको स्वीकृत कक्षा भन्दा माथिल्लो कक्षासम्म निर्वाध रुपमा पढाई भईरहेको भन्दै यस्तो गैर कानुनी तवरवाट संचालनमा रहेका बोर्डिङ तथा मन्टेश्वरीहरुको अनुगमन गरी तत्काल वन्द गराई आवश्यक कानुनी कारवाही गर्न समेत नगरको ध्यानाकर्षण गराएको बताएका छन् ।

उनीहरूले पालिकावाट स्वीकृत लिई संचालन गर्न तथा संचालनमा रहेका संस्थागत विद्यालयहरुको व्यवस्थापन तथा अनुगमन सम्वन्धमा उर्लावारी नगर शिक्षा ऐन २०७९ मा कुनै पनि मापदण्ड उल्लेख नगरेको भन्दै सो सम्वन्धमा तत्काल मापदण्ड सम्वन्धी व्यवस्था गरी सोही बमोजिम कक्षा संचालन अनुमती दिन तथा मापदण्ड बमोजिम संचालन भएरनभएको, निजी विद्यालयहरुको शुल्क निर्धारण तोकिए वमोजिम भए नभएको तथा गरिव तथा विपन्न वर्गलाई उपलव्ध गराउन पर्ने छात्रवृत्ति उपलव्ध भए नभएको नियमित रुपमा अनुगमन गरी सार्वजनिक गर्ने व्यवस्था गर्न ध्यानाकर्षण गराएका छन् ।

रास्वपा उर्लाबारीले स्थानीय सरकार संचालन ऐन २०७४ मा सामुदायिक वन उपभोक्ता समूहले वन पौदावर विक्री तथा उपयोग सम्वन्धि आफ्नो वार्षिक कार्ययोजना बनाई सृविकृत गरी कार्यान्वयन गर्ने व्यवस्था भएतापनि सामुदायिक बनहरुले आ।व। अन्तिम तिर मात्र कार्ययोजना पेश गरी नगर कार्यपालिकावाट पास गरी कार्यान्वयन गर्ने गरेको पाईएको भन्दै आ।व। को अन्त्य तिर योजना पेश गर्ने र त्यसको कार्यन्वयनका लागि जुनसुकै समयमा जस्तोसुकै योजना कार्यपालिकावाट पास गर्ने परिपाटीले कामको गुणस्तरीयता र प्रभावकारीतामा कुनै पनि निकाय गम्भीर नभएको उल्लेख गरेका छन् । सामुदायिक वनहरुको गतिविधिहरुको अनुगमन तथा सामुदायिक बनहरुले आउने आ।व। मा कार्यन्वयन गर्ने योजनाहरु नगरको बजेट, निति तथा कार्यक्रममा नै समावेश गर्ने व्यवस्था गर्न र बन पौदावारमा आधारित उद्यम विकाससँग सम्वन्धित कार्यक्रम कार्यान्वयन गर्दै वितरणमुखी योजना कार्यन्वयनलाई निरुत्साहित गर्न उनीहरूले ध्यानाकर्षण गराएको बताएका छन् ।
उनीहरूले काम भइरहेको उर्लावारी २ स्थित कृष्ण चोक देखि सुनझोडा सामुदायिक बनसम्म बन्ने भनिएको ५।५ कि।मी सडक निर्माण कार्य तत्काल निर्माण कार्य सुरु गर्न र उक्त सडकखण्डमा विगत लामो समय देखि खाल्डाखुल्डी पुर्ने काम नभएको हुँदा हाल विभिन्न स्थानमा ठुलाठुला खाल्डी परी दैनिक आवतजावतमा समस्या परेको तथा दुर्घटनाको उच्च जोखिम रहेको हुँदा तत्काल उक्त सडकको अनुगमन गरी खाडल पुरी दैनिक आवतजावत सहज बनाईदिनु समेत माग गरेका छन् ।

उनीहरूले उर्लावारी नगरपालिकाले तत्काल आवश्यक अनुगमन तथा समस्या समाधानको लागि ध्यान पुगोस भनी ध्यानकर्षण पत्र वुझाएको बताएका छन् ।विना कुनै कार्यविधि पहुँचकै भरमा विगत देखि वारम्वार एउटैलाई अनुदान दिने कार्य नीतिगत भ्रस्टचारनै हो भन्दै रोक्न माग गरेका छन् ।उनीहरुले बेतिनी वनमा फूल खरिदमा आशंका उब्जिएकोले ध्यान दिन आग्रह गरेका छन् ।
ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख गंगा प्रसाद खरेलले अनियमित ढंगबाट कुनै पनि काम नहुने बताउँदै केही बिषयहरु सकारात्मक ढंगले आएकोमा अनुगमन गर्ने बताएका छन् ।

उनले जसका कारण बेरुजुका बारेमा सबैलाई जिम्मेवारी लिन भनी सकेको र विगतको बेरुजु फर्छ्योट हुँदै आएको जानकारी दिएका छन् भने बिश्व बैंकको सहयोगमा बन्न लागेको सडकको विवादका बारेमा उनले प्रष्ट पारेका छन् । शिक्षा, वन, सडक जस्ता बिषयमा आफूहरु सम्वेदनशील भएर काम गर्न लागि परेको उनले जानकारी दिएका छन् ।कार्यक्रममा नगर उप प्रमुख मीना पौडेल ,प्रमुख प्रशासकीय अधिकृत अर्जुन निरौला, योजना अधिकृत मुरारी घिमिरे, जिन्सी अधिकृत तिम्सिनाले पनि नगरका कार्यक्रम र नगरको अवस्थाको बारेमा बोलेका थिए।

सम्बन्धित खवर