श्रीमती बचाउन जाँदा श्रीमानको ज्यान गयो

श्रीमती बचाउन जाँदा श्रीमानको ज्यान गयो

श्रीमातीलाई बचाउन खोज्दा अमृतको ज्यान गयो ।

बुधबार दिउसो २ बजेतिर ममता रेग्मी कुटी काट्ने मेसिनमा कुटी काटिरहेकी थिइन् । बिजुलीबाट चल्ने मेसिनबाट अचानक ममतालाई करेन्ट लाग्यो । छेवैमा रहेका ममताका श्रीमान अमृत रेग्मी हतारमा बचाउन पुगे तर अमृतलाई पनि करेन्ट लागेर गम्भिर घाइते भए ।

ममता र अमृतलाई उपचारका लागि शंकर अस्पताल लैजादै गर्दा अमृतले बाटौमा प्राण त्यागे । ममताको भने बि एण्ड सी हस्पिटलमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । अमृतको शव पोष्ट मार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुरमा राखिएको छ ।

इलाम २ घर भएका २२ वर्षीय ममता र २४ वर्षका अमृत रेग्मी दम्पती हाल झापाको अर्जुनधारा ९ मा बस्दै आएका थिए ।

सम्बन्धित खवर